site stats
बाह्रखरी :: Baahrakhari
देश
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको संख्या बढ्यो 

सिरहा । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा सिरहामा २५५ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । ४५७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।


यो तथ्यांक गत आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा दुर्घटनामा कम भएको देखिन्छ । तर, मृत्यु हुनेको संख्या बढेको छ ।

Argakhachi Cement Island Ad

गत आवको प्रथम चौमासिकमा १५ जनाको ज्यान गएको थियो । ट्राफिक प्रहरीका अनुसार गत आवमा जिल्लामा ९९७ सवारी दुर्घटना भयो । यसमा ६८ जनाले ज्यान गुमाएका थिए । 

एक हजार ५७९ जना घाइते भएका थिए । दुर्घटनामा कमी ल्याउन साथै मृत्युदरमा कम गराउन जनचेतना कार्यक्रमलाई तीव्रता दिए तापनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलियाले बताए । 
  
“दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्तीका कारण हुने गरेको देखिन्छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ”, प्रहरी निरीक्षक थपलियाले भने । 

उनका अनुसार मापसे र लापसे गरी सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लंघन, बढ्दो मात्राका अव्यवस्थित सिटी रिक्सालगायत कारण दुर्घटना हुने र दुर्घटनाबाट मानिसको मृत्यु हुने गरेको छ । 

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्र सम्भव नहुने जनाउँदै प्रहरी निरीक्षक थपलियाले सरोकारवाला सम्पूर्ण निकायले सार्थक पहलकदमी लिनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्