site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाइजेरियामा डुंगा पल्टिँदा २० जनाको मृत्यु
Tiktok banner adTiktok banner ad

अबुजा । मध्य नाइजेरियाको बेनु नदीमा शनिबार काठको डुंगा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

स्थानीय अधिकारी मेल्भिन जेम्सले बेनु राज्यमा व्यापारीहरू साप्ताहिक बजारबाट फर्किंदै गर्दा डुंगा दुर्घटना भएको बताए ।

जेम्सले थपे, “त्यहाँ केही मानिसहरू अझै बेपत्ता छन् । स्थानीय गोताखोरले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।”

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको प्रत्यक्षदर्शीले बताए ।

नाइजेरियामा डुंगा दुर्घटनाहरू प्रायः ओभरलोडिङ, खराब मौसमका कारणले गर्दा हुन्छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro