site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुंगाना, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
फाइल तस्बिर ।

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगानालाई नियुक्त गरेको छ ।

सोमबार सिंहदरबारमा मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका ढुंगानालाई नियुक्त गरेको जानकारी दिए । केन्द्रलाई व्यवस्थित रूपमा परिचालन गर्न ध्यान केन्द्रित गर्ने र अन्तशुल्क, स्मार्टकार्ड, लालपूर्जा, राहदानी हुँदै नोट समेत छाप्न काम अघि बढाउने उनले बताए ।

त्यस्तै, बैठकले एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एकसय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । नागढुंगा सुरुङमार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानको लागि सैद्धान्तिक सहमति दिने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले नेपाल सरकार र भारत सरकारबीच हस्ताक्षर हुने खानेपानी, सरसफाइसम्बन्धी क्षेत्रको विकाससम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ भने राष्ट्रिय सहरी नीति स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै, मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रियस्तरको फुटबल, कराँते र बीच भलिबल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी ३५ जनालाई पुरस्कार तथा सम्मान गर्न खेलकुद मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro