site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्ट शासकहरूले देशलाई खोक्रो बनायो : धवलशमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणाले भ्रष्ट शासकहरूले देशलाई खोक्रो बनाएको कारण विद्यमान व्यवस्थाबाट मुलुक बन्न र बच्न गाह्रो भएको बताएका छन् । अब तमाम राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी र राजावादीहरू एकजुट भएर मुलुक जोगाउने आन्दोलन गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

"भ्रष्ट व्यवस्था र शासकहरूले देशलाई खोक्रो पारिसकेका छन् । यो बेलामा सबै शक्तिहरू एक ठाउँमा आएर मुलुक जोगाउन आन्दोलन गर्न ढिलाइ गर्नु हुँदैन," राप्रपा महामन्त्री राणाले भने, "तमाम राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजावादीहरू चुप लागेर मुकदर्शक भएर बस्नु हुँदैन । अहिलेको व्यवस्था र प्रणालीबाट मुलुक बन्न पनि सक्दैन र बच्न पनि निकै गाह्रो छ ।"

भारतको मुम्बईमा उपचारको क्रममा रहेका राणाले वक्तव्य जारी गर्दै दिनप्रतिदिन मुलुक समस्याको चक्रब्यूहमा भासिँदै गएको भनेर चिन्ता व्यक्त गरेका छन् । उनले भने, "सरकार राष्ट्रिय मुद्दा र समस्याहरूमा केन्द्रित हुनुको सट्टा व्यक्तिगत प्रतिशोध साँध्न व्यस्त छ ।"

समान विचार भएका राजनितिक दल, संघ संगठन, अभियान, अभियन्ताहरूसँग वार्ता, छलफल गरी एकतावद्ध भएर अघि बढ्ने वातावरण राप्रपाले तत्काल निर्माण गर्नुपर्ने भन्दै महामन्त्री राणाले जोड दिएका छन् । "अब अगुवाई राप्रपाले नै गर्नुपर्छ," उनले भने ।

राप्रपाको बस्न लागेको कार्यसम्पादन समिति बैठकमा यस विषयमा गम्भीर छलफल हुनुपर्ने उनको राय छ । "हामी फराकिलो ढंगले देशलाई केन्द्रमा राखेर बुद्धिमत्तापूर्वक अघि बढ्नुको विकल्प छैन । सानातिना कुरामा अल्झिने, पूर्वाग्रह र संकिर्णता बोक्ने छुट हामीलाई छैन । एकतावद्ध हुँदै अघि बढौँ । हाम्रो विचार र बाटो नै मुलुकको लागि सुहाउँदो छ," राणाले भने ।

मुम्बईमा स्वास्थ्यलाभ गरिरहेका राणाले स्वास्थमा उल्लेखनीय सुधार आएको र अब चाँडै स्वदेश फर्कने बताएका छन् । आफ्नो स्वास्थ्यका बारेमा चिन्ता चासो लिने सबैमा हार्दिक आभार प्रकट गरेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro