site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपेन्द्र भन्छन्– एनपीएल नेपालकै ठूलो लिग भइसक्यो, ट्रफी हामी नै लिन्छौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) नेपालकै सबैभन्दा ठूलो लिग बनिसकेको बताएका छन् । सोमबार कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकालेपछि दीपेन्द्रले एनपीएल नेपालको ठूलो लिग बनिसकेको बताए ।

दीपेन्द्रको टोली सुदूरपश्चिमले जितसँगै एनपीएल लिग चरणमा शीर्ष स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो ।

उनले आफ्नो टिम राम्रो लयमा रहेको बताउँदै उपाधि नै टिमको लक्ष्य रहेको प्रतिक्रिया दिए ।

“हामीले अरूको खेलबारे नसोची आफ्नो खेल खेलिरहेका थियौँ । प्लेअफमा पनि के आवश्यक त्यो थियो, त्यो अनुसार गरिरहेका थियौँ । सबै जना राम्रो फर्ममा छन्, राम्रो फर्ममा छन्,” दीपेन्द्रले भने, “सुरुदेखि नै भनिरहेका छौँ, ट्रफी लैजान्छौँ भनेर । यसका लागि राम्रो खेल्नुपर्छ । यो नेपालको सबैभन्दा ठूलो लिग भइसकेको छ । क्यानलाई धन्यवाद भन्न चाहन्छु । समर्थकले पनि सबै टिमलाई समर्थन गरिरहनुभएको छ ।”

जितसँगै लिग लिडर बनेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोडेको छ । सुदूरपश्चिमले अब प्रतियोगिताको पहिलो क्वालिफायरमा बुधबार जनकपुर बोल्ट्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यता, हारका बावजुद कर्णालीले पनि प्लेअफमा स्थान बनाएको छ । सात खेलबाट आठ अंक जोडेको कर्णालीले चौथो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको हो । कर्णालीले बुधबार नै प्रतियोगिताको इलिमिनेटरमा चितवन राइनोजविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro