site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रनको योगफल खडा गरेको हो ।

सुदूरपश्चिमका आरिफ सेखले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । ब्रान्डन म्याकमुलमले १६ बलमा एक चौका र दुई छक्कासहित २३ रन थपे । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा एक चौकासहित २० रन जोडे ।

Dabur Nepal
NIC Asia

यस्तै, ओपनर विनोद भण्डारीले १४ रन थप्दा हर्मित सिंहले १३ र इशान पाण्डेले १० रन बनाए । इशान १९औँ ओभरको पहिलो बलमा ‘रिटायर्ड आउट’ भएका थिए ।

पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । चार ओभर बलिङ गरेका कुशलले २७ रन खर्चिए । यस्तै, रेमोन रेफर, सागर ढकाल र माइकल लियस्कले समान एक विकेट लिए ।

प्रतियोगितामा पोखराको प्लेअफ पुग्ने सम्भावना समाप्त भइसकेको छ । ६ खेलबाट चार अंक जोडेको पोखरा तालिकाको सातौँ स्थानमा छ । पाँच खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम भने तालिकाको दोस्रो स्थानमा छ । सुदूरपश्चिमले आजको खेलमा जित निकाले प्लेअफमा स्थान सुनिश्चित गर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro