site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेल फाउन्डेसन र जोन्टा क्लबको संयुक्त पहलमा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न

काठमाडौं । एनसेल फाउन्डेसनले र जोन्टा क्लबको संयुक्त पहलमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न जनसचेतनामूलक कार्यक्रम आयोजना गरेर सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको समापन कार्यक्रम गत मंगलबार एक प्यानल डिस्कसनको आयोजना गरी समापन भएको छ ।  

अभियानको सुरुवात 'बालविवाह, घरेलु हिंसा र महिलाका अधिकारसँग सम्बन्धित कानुनी प्रावधानहरू' शीर्षकको ज्ञानवर्धक पुस्तिका सार्वजनिक गर्दै सुरु गरिएको थियो । यस पुस्तिकाले बालविवाह, घरेलु हिंसा र महिलाका अधिकारहरू सम्बोधन गर्न नेपालमा रहेका कानुनी प्रावधानबारे समुदाय र सरोकारवालालाई जानकारी दिने उद्देश्य लिइएको छ । कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्था, निजी क्षेत्रका प्रतिनिधि र विभिन्न सरोकारवालाले बालविवाह अन्त्यका समाधानबारे छलफल गरेका थिए ।

यसै अभियानलाई अघि बढाउँदै एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लब काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउँदै ‘ओरेन्ज द स्कूल’ कार्यक्रम पनि सञ्चालन गरिएको थियो । यस संयुक्त पहलले सरकारी तथा निजी गरी १२ विद्यालयमा करिब एकहजार ७०० विद्यार्थीलाई प्रत्यक्षरूपमा सहभागी गराएर विद्यार्थी र शिक्षकलाई लैंगिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसीजस्ता जान्नैपर्ने विषयमा जानकारी दिने काम भएको जनाइएको छ । यस्तै, सुरक्षित तथा समान वातावरणको प्रवर्धन गर्न कदम चाल्नुको महत्त्वबारे सचेतना जगाउने काम गरिएको थियो ।  

Dabur Nepal
NIC Asia

यस अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका थिए ।

अभियानको समापन कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य र सशस्त्र प्रहरी बलकी असिस्टेन्ट जेनरल अफ पुलिस फूलकुमारी पौडेलसहितले सहभागिता जनाएका थिए । यस अवसरमा लैंगिक असमानता, जलवायु परिवर्तन र महिलामाथि हुने हिंसाका चुनौतीहरू र समाधान विषयमा प्यालन डिस्कसनको आयोजना भएको थियो ।

यसको सञ्चालन जोन्टा इन्टरनेसनलको जिल्ला २५ समितिकी अध्यक्ष सोनी जोशीले गरेकी थिइन् । प्यानलमा एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर विशाखा लक्ष्मी खड्का, खालिसिसीका सीईओ अमुन थापा, साथीकी सुलक्षणा राणा, इसीमोडकी मन्दिरा श्रेष्ठ, र युनेस्कोकी जुही अधिकारीसहितका वक्ताहरूको सहभागिता थियो । यस छलफल सहकार्यमा आधारित समाधानहरू अपनाई लैंगिक असमानता समाधान गर्ने, जलवायु परिवर्तनले प्रभावित हुने जनसमुदायलाई सहयोग पुर्‍याउने र यसमा युवाहरूको भूमिका र उपायहरूबारे केन्द्रित थियो ।

अभियानबारे आफ्नो विचार व्यक्त गर्दै एनसेलकी विशाखा लक्ष्मी खड्का हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआरले भनिन्, “यस अभियानले संयुक्तरूपमा गरेका पहलले अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भन्ने कुरालाई पुष्टि गरेको छ । विविध सरोकारवालाहरूलाई समेटेर युवाहरूको आवाजलाई सशक्त बनाएर, हामीले लैंगिक हिंसामुक्त भविष्य निर्माणतर्फ हाम्रो पहल र आवश्यक सहयोग सुरु गरेका छौँ ।”

जोन्टा क्लब काठमाडौंकी अध्यक्ष बिना राणाले लैंगिक हिंसा, बालविवाह र जलवायु परिवर्तनसँगको सम्बन्धको विषयमा सामूहिक साझेदारीको आवश्यकताका जोड दिइन् । उनले यस १६ दिनको सक्रियता अभियानको सफलताबारे चर्चा गर्दै एनसेल फाउन्डेसन र साथीको समर्थनमा ‘ओरेन्ज द स्कुल’ पहलले १२ विद्यालयका एकहजार ७०० भन्दा बढी विद्यार्थी माझ लैंगिक हिंसा, बालविवाह र साइबर सुरक्षासम्बन्धी चेतना फैलाउन सफल भएको बताइन् ।

एनसेल फाउन्डेसन र जोन्टा क्लबद्वारा सञ्चालित १६ दिने सक्रियता अभियानले लैंगिक हिंसा अन्त्य गर्न सामुदायिक प्रयासका लागि एक बलियो उदाहरण प्रस्तुत गरेको जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro