site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
च्याटजीपीटीले बुझ्ने भयो रियल–टाइम भिडियो

काठमाडौं । अमेरिकी एआई संस्था ओपन एआईले च्याटजीपीटीका लागि रियल–टाइम भिडियो क्षमता सार्वजनिक गरेको छ । करिब सात महिनाअघि डेमोका रूपमा ल्याएको यो सुविधा कम्पनीले बिहीबार सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार रियल–टाइम भिडियो क्षमताले मोबाइलमा क्यामेरामार्फत देखिने भिडियोका आधारमा मानिसले झैं कुराकानी गर्नसक्छ । पैसा तिरेर सब्सक्रिप्सन लिएका च्याटजीपीटी प्लस, टिम वा प्रोका प्रयोगकर्ताले च्याटजीपीटीमा गएर क्यामेरबाट कुनै पनि कुरा देखाएर यो सुविधा प्रयोग गर्नसक्छन् ।

च्याटजीपीटीको एडभान्स भ्वाइस मोड विथ भिजनले स्क्रिन सेयरिङ मोडबाट मोबाइलको स्क्रिन हेरेर र बुझेर विभिन्न काममा सहयाेग गर्ने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro