site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्व क्रिकेटका लिजेन्ड ब्रायन लारा नेपालमा

काठमाडौं । विश्व क्रिकेटका लिजेन्ड ब्रायन लारा नेपाल आइपुगेका छन् । आज बिहान छोरीसहित नेपाल आएका ब्रायन लारालाई नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्का, प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर तथा पूर्वकप्तान विनोद दासले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । 

जारी नेपाल प्रिमियर लिगमा कमेन्ट्रीसहित अन्य कार्यक्रममा सहभागी हुन लारा क्यानको निम्तोमा नेपाल आएका हुन् । नेपाल आउँदा खुसी लागेको लाराले बताए । ब्रायन लाराकप नाममा अनगिन्ती रेकर्ड रहेका छन् । 

जसमा टेष्ट क्रिकेटमा एक इनिङसमा इङल्यान्डविरूद्ध सन् २००४ मा हानेको अविजित ४०० रन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । यो रेकर्ड अरूले तोडेको हेर्न चाहेको लाराले बताए ।  

उनले वेस्ट इन्डिजबाट १३१ टेष्ट खेल्दै ११ हजार ९५३ रन बनाएका छन् । ओडीआईमा भने २९९ खेए खेल्दै १० हजार ४०६ रन जोडेका छन् । टेष्टमा ३४ र ओडीआईमा १९ शतक उनको नाममा रहेको छ ।  नेपाल क्रिकेट संघ क्यानकाअनुसार उनी तीन दिन नेपाल बस्ने कार्यक्रम रहेको छ । –न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro