site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रनको योगफल खडा गरेको हो ।

कर्णालीबाट विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । उनले ३० बलमा तीन चौका र तीन छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्कासहित २५ रन बनाए । 

४७–४ को स्थितिबाट यी दुईले पाँचौँ विकेटका निम्ति ७२ रनको साझेदारी गर्दै कर्णालीलाई सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए ।

Dabur Nepal
NIC Asia

ओपनर बाबर हायातले २२ बलमा एक चौका र एक छक्कासहित २० रन थपे । चान्डिविक वाल्टनले १५ बलमा एक छक्कासहित १३ रन बनाए । यसबाहेक कर्णालीका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका विकाश अग्रीले तीन विकेट लिए । दुई ओभर बलिङ गरेका अग्रीले १४ रन मात्र खर्चिए । तिलक भण्डारीले दुई विकेट लिए । रेमोन सिमोन्ड्स, साद बिन जफर र रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

प्रतियोगिताको प्लेअफ यात्रा बलियो बनाउन कर्णाली आज जितको दबाबमा छ । पाँच खेलबाट ६ अंक जोडेको कर्णाली तालिकाको चौथो स्थानमा छ । प्रतियोगितामा कर्णालीले तीन खेलमा जित र दुईमा हारको नतिजा आत्मसात् गरेको छ ।

कर्णालीले लिगका सुरुआती दुई खेलमा हार व्यहोरेको थियो । त्यसपछिका तीन खेलमा भने कर्णालीले लगातार जित निकालेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कर्णाली काठमाडौं गुर्खाजसँग तीन विकेटले हारेको थियो ।

त्यसपछि भने कर्णालीले तेस्रो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेट, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध सात रन र पाँचौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको जित निकालेको थियो ।

लुम्बिनीले प्रतियोगिताका सुरुआती चार खेलमा लगातार हार व्यहोरेको थियो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोलीले पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेट, दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेट, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रन र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनको हार व्यहोरेको थियो ।

लुम्बिनील पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको थियो । छैटौँ खेलमा लुम्बिनीले काठमाडौं गुर्खाजसँग १८ रनको हार व्यहोरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro