site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै कर्णाली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले फिल्डिङको निर्णय लिएपछि कर्णाली ब्याटिङमा उत्रिएको हो ।

जारी खेलको दुई ओभरको खेल सकिँदा कर्णालीले विकेट नगुमाई ६ रन बनएको छ । पाँच खेलबाट ६ अंक जोडेको कर्णाली तालिकाको चौथो स्थानमा छ । प्रतियोगितामा कर्णालीले तीन खेलमा जित र दुईमा हारको नतिजा आत्मसात् गरेको छ ।

कर्णालीले लिगका सुरुआती दुई खेलमा हार व्यहोरेको थियो । त्यसपछिका तीन खेलमा भने कर्णालीले लगातार जित निकालेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कर्णाली काठमाडौं गुर्खाजसँग तीन विकेटले हारेको थियो ।

त्यसपछि भने कर्णालीले तेस्रो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेट, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध सात रन र पाँचौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको जित निकालेको थियो ।

लुम्बिनीले प्रतियोगिताका सुरुआती चार खेलमा लगातार हार व्यहोरेको थियो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोलीले पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेट, दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेट, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रन र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनको हार व्यहोरेको थियो ।

लुम्बिनील पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको थियो । छैटौँ खेलमा लुम्बिनीले काठमाडौं गुर्खाजसँग १८ रनको हार व्यहोरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro