site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराटनगरविरुद्ध सुपर ओभरमा पोखराको जित 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले सुपर ओभरमा १३ रनको रोमाञ्चक जित निकालेको छ । बिहीबार कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलको सुपर ओभरमा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याउने क्रममा विराटनरले ६ बलमा पाँच रनमात्र बनाउन सक्यो ।

पोखराबाट बलिङमा रेमोन रेफर आएका थिए । उनको पहिलो बलमा विराटनगरका मार्टिन गप्टिलले एक रन लिए । दोस्रो बलमा विराटनगरका निकोलस किर्टोनले पनि एक रन नै लिए । तेस्रो बलमा गप्टिलले पुनः एक रन नै लिए ।

यसपछि विराटनगरलाई तीन बलमा १६ रनको आवश्यकता थियो । चौथो बल रेफरले डट फ्याँके । पाँचौँ बलमा किर्टोनले एक रन लिए । अन्तिम बलमा जितका निम्ति १५ रन आवश्यक हुँदा रेफरले वाइड फ्याके । पुनः अन्तिम बल रेफरले डट राखेपछि पोखराले सुपर ओभरमा १३ रनको जित निकालेको हो ।

Dabur Nepal
NIC Asia

Pokhara-Bir-1733986731.jpg
सुपर ओभरमा पहिले ब्याटिङमा आएको पोखराले ६ बलमा १८ रन बनाएको थियो । सुपर ओभरमा पोखराका रेमोन रेफरले १७ र आन्द्रियस गौसले एक रन बनाए । सुपर ओभरमा विराटनगरबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । सन्दीपको पहिलो र दोस्रो बलमा रेफरले लगातार छक्का प्रहार गरे । तेस्रो बल सन्दीपले डट फ्याके पनि चौथो बलमा रेफरले पुनः चौका प्रहार गरे । पाँचौँ बलमा रेफरले एक रन लिए । छैटौँ बल गौसले एक रन बनाए ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको विराटनगरले पहिलो इनिङको निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो । १४० रनको लक्ष्यसहित मैदान उत्रिएको पोखराले पनि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

पोखरालाई अन्तिम ओभरमा जितका निम्ति १४ रनको आवश्यकता थियो । पोखराबाट क्रिजमा रेमोन रेफर र नारायण जोशी थिए । विराटनगरबाट बलिङमा आएका बसिर अहमेदले पहिलो बल डट फ्याFके । दोस्रो बलमा पनि बसिरले एक रनमात्र खर्चिए । तेस्रो बलमा रेफरले छक्का प्रहार गरेपछि पोखरालाई जितका निम्ति तीन बलमा सात रनको आवश्यकता थियो । चौथो बल बसिरले पुनः डट फ्याँके । पाँचौँ बल पनि बसिरले डट फ्याकेपछि पोखरालाई जितका निम्ति अन्तिम बलमा सात रनको आवश्यकता थियो । अन्तिम बलमा रेफरले छक्का प्रहार गरेपछि खेल ‘टाई’ भएको हो । पोखराका रेफर ३४ र नारायण जोशी दुई रनमा अविजित थिए ।

Pokhara-aa-1733986731.jpg

पोखराका ओपनर आन्द्रियस गौसले ३९ रन बनाए । उनले २७ बलमा सात चौका प्रहार गरे । गौसले पहिलो विकेटका निम्ति अर्का ओपनर दिनेश खरेलसँग ४.३ ओभरमा ४७ रनको साझेदारी गर्दै पोखरालाई बलियो सुरुआत दिलाएका थिए । गौसलाई ११औँ ओभरको तेस्रो बलमा प्रतिश जिसीले बसिर अहमेदबाट क्याच गराए । ११ रन बनाएर आउट भएका दिनेशले ११ बलमा एक छक्का प्रहार गरे । दिनेशलाई पाँचौँ ओभरको तेस्रो बलमा प्रतीश जीसीले अनिल खरेलबाट क्याच गराएका थिए ।

कप्तान कुशल भुर्तेलले ३१ रन थपे । उनले ३४ बलमा दुई चौका र एक छक्का प्रहार गरे । भुर्तेल र गौसले दोस्रो विकेटका निम्ति ४१ रनको साझेदारी गरेका थिए । कुशललाई १५औँ ओभरको दोस्रो बलमा क्रिस सोलले विकेटकिपर स्कट एड्वार्ड्सबाट क्याच गराएका थिए । माइकल लियस्कले १२ बलमा एक छक्कासहित ११ रन बनाए । उनलाई १९औँ ओभरको चौथो बलमा प्रतीश जीसीले बोल्ड गर्दै पभेलियनको दिशा देखाए ।

Pokhara-1733986732.jpg
पोखराको खातामा जेन मलिकले चार रन थप्दा तिर्थराज दास भने ‘गोल्डेन डक’ भए । मलिकलाई १३औँ ओभरको पाँचौँ बलमा प्रतिश जीसीले बोल्ड गरे । तिर्थराजाई क्रिस सोलले एलबीडब्लूको धरापमा पारे ।

विराटनगरका प्रतीश जीसीले चार विकेट लिए । चार ओभरको आफ्नो स्पेलमा प्रतिशले १८ रनमात्र खर्चिए । योसँगै प्रतिशले प्रतियोगितामा कुल नौ विकेट पुर्‍याएका छन् । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्तरूपमा पहिलो स्थानमा छन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो ।

विराटनगरका स्कट एड्वाडर्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा पाँच चौका प्रहार गरे ।

त्यसअघि विराटनगरले ओपनरद्वय मार्टिन गप्टिल र लोकेश बमसँगै नरेन भट्टलाई गुमाएको थियो । लोकेशले २६ रन जोड्दा गप्टिल पाँच र नरेन चार रनमा पभेलियन फर्किए । क्रिस सोल पनि सात रनमात्र थप्न सके । दीपक बोहराले चार रन जोडे ।

wefag-1733985704.jpg
अविजित रहेका बसिर अहमेदले २१ र प्रतिश जिसीले चार रन बनाए ।

विराटनगरविरुद्ध पोखराका सागर ढकाल र रेमोन रेफरले समान दुई विकेट लिए । कप्तान कुशल भुर्तेल र दिनेश खरेलले एक–एक विकेट लिए ।

विराटनगरका गप्टिललाई पाँचौँ ओभरको तेस्रो बलमा सागर ढकालले बोल्ड गरे । छैटौँ ओभरको अन्तिम बलमा पोखराका रेमोन रेफरले लोकेशलाई ‘कट एन्ड बोल्ड’ गरे ।

आठौँ ओभरको पहिलो बलमा विराटनरले तेस्रो क्रमका ब्याटर नरेन भट्टलाई गुमायो । नरेनलाई दिनेश खरेलले सागर ढकालबाट क्याच गराए ।

यस्तै, १३औँ ओभरको पहिलो बलमा विराटनगरका निकोलस किर्टोनलाई सागर ढकालले माइकल लियस्कबाट क्याच गराउँदै पभेलियनको दिशा देखाए ।

विराटनरले १९औँ ओभरको दोस्रो बलमा एड्वाडर््सलाई गुमायो । एडवार्ड्सलाई पोखराका कप्तान कुशल भुर्तेलले ‘एलबीडब्लू’ को धरापमा पारे ।

efag-1733985135.jpg
२०औँ ओभरको पहिलो बलमा विराटनगरका क्रिस सोललाई रेमोन रेफरले विपीन खत्रीबाट क्याच गराए । सोही ओभरको तेस्रो बलमा विराटनगरका दीपक बोहरा रनआउट भए । रेफरले बल ‘वाइड’ हुँदा पनि रनका निम्ति दौडिएका दीपकलाई रेफरले नै रनआउट गराए ।

प्रतियोगितामा पोखराको यो दोस्रो जित हो । पोखराले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटको हार बेहोरेको थियो । तेस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको जित निकालेको पोखराले चौथो खेलमा कर्णाली याक्ससँग पुनः सात विकेटको हार बेहोरेको थियो ।

प्रतियोगितामा विराटनगरको भने यो चौथो हार हो । विराटनगरले प्रतियोगिताको पहिलो र दोस्रो खेलमा क्रमशः जनकपुर र सुदूरपश्चिम रोयल्ससँग आठ विकेटको र ९० रनको हार बेहोरेको थियो । तेस्रो खेलमा लुम्बिनीविरुद्ध दुई विकेटको जित निकालेको विराटनगर चौथो खेलमा कर्णाली याक्ससँग सात रनले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro