site stats
बाह्रखरी :: Baahrakhari
खेल
इरानमा रोकिए इन्टरका फरवार्ड मेहम्दी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । इरान र इजरायलबीचको द्वन्द्वका कारण इटालियन क्लब इन्टर मिलानका फरवार्ड मेहम्दी तारेमी घरेलु भूमिमा रोकिएका छन् । इजरायलको हवाई आक्रमणपछि आइतबार इरानको उडान ठप्प हुँदा उनी त्यहाँ रोकिएका हुन् ।

तारेमी गएको साता फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत तेहरानस्थित आजाडी रंगशालामा इरान र दक्षिण कोरियाबीचको खेलमा सहभागी थिए । उक्त खेलमा इरान २–० ले पराजित भएको थियो ।
    
इन्टरले क्लब विश्वकपअन्तर्गत आउँदो मंगलबार मेक्सिकोको मोन्टेरीसँग अमेरिकाको क्यार्लिफोनियास्थित पासाडेना सहरमा पहिलो खेल खेल्दै छ । टोलीले क्लब विश्वकपअन्तर्गत नै जापानको युरावा रेड डायमन्ड र अर्जेन्टिनी टिम रिभर प्लेटसँग पनि खेल्ने तालिका छ ।

इरानका तारेमीले सन् २०२४–२०२५ को सिजनमा इन्टरबाट ४३ खेल खेल्दा तीन गोल गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्