site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोसीमा सडक, पुल तथा सहरी विकासका निम्ति साढे १० अर्ब बजेट विनियोजन
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेश सरकारले सडक, पुल तथा सहरी विकासका लागि १० अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

कोसी प्रदेशसभामा आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट विनियोजन गरिएको जनाएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्राकृतिक विपद्लाई तत्काल हटाउन चार र विपद् तयारीका लागि थप दुई बेलिब्रिजका लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

सरकारले प्रदेशको रहर स्वच्छ सहर भन्ने नारासहित मोरङको रंगेली र इलामको सूर्योदय नगरपालिकामा फोहोर व्यवस्थापन प्रशोधन केन्द्रको पूर्वाधार निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।‌

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्