site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप : इरान यू–१८ सेमिफाइनलमा

काठमाडौं । इरानको यू–१८ टिमले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको क्यालिकटलाई सोझो सेटमा पराजित गर्दै इरानको युवा टिम एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको क्यालिकट र इरानको टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो । तर, इरानको युवा खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रह्यो ।

पहिलो सेट प्रतिस्पर्धात्मक बने पनि २७–२५ ले इरानले जित्यो । एक सेट गुमाएपछि दोस्रो सेटमा पनि क्यालिकट खेलमा फर्कन सकेन । सहजै इरानको यू–१८ टिमले २५–२२ ले जित्यो । खेलमा दुई शून्यको स्पष्ट अग्रता कायम गर्‍यो । २५–२० ले तेस्रो सेट पनि सहजै इरानले जित्यो । यो सोझो सेटको जितमा इरानले लगातार तेस्रो जितसहित सात अंक बनाएको छ । इरानले यसअघि पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई र दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा हराएको थियो ।

पराजित क्यालिकटको भने यो दोस्रो हार हो । क्यालिकट पहिलो खेलमा टिमटप हेल्प नेपालसँग हारेको थियो । दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई हराएपनि आज इरानसँग सोझो सेटमा पराजित भया । उसले तीन खेलबाट मात्र चार अंक बनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  २१:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro