site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संखुवासभामा भरुवा बन्दुकसहित पक्राउ
सांकेतिक तस्बिर ।

काठमाडौं । संखुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मकालु गाउँपालिका–२ बुम्लिङ का ३० वर्षीय लाक्पा शेर्पा छन् ।

उनलाई एक थान भरुवा बन्दुक र करिब ५० ग्राम बारुदसहित मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मकालुबाट खटिएको प्रहरीले लाक्पाको घरमा लुकाएर राखेको बन्दुक र बारुद फेला पारेको जनाइएको छ ।

यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro