site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जनकपुरको खराब सुरुआत, सात ओभरमा ६ ब्याटर पभेलियन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले पावर प्लेमा खराब सुरुआत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १२४ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले सात ओभरको खेल सकिँदा ६ विकेट गुमाएर ४४ रन बनाएको छ ।

पछिल्लो विकेटका रूपमा जनकपुरले जिम्मी निसमलाई गुमाएको हो । क्रिजमा अहिले जोसुवा ट्रोप र अरनिको यादव छन् ।

जनकपुरले ओपनरद्वय कप्तान अनिल साह र आसिफ सेखसँगै हर्ष थाकेरलाई पहिलो पावरप्लेमा गुमाएको हो ।

सुदूरपश्चिमका सैब जैब र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । जनपकुरका हर्ष भने रनआउट भएका थिए । यस्तै, मिलान्थालाई सुदूरपश्चिमका इशान पाण्डेले पभेलियनको दिशा देखाए । सुवास कंसाकारलाई इशानले नै आउट गरे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro