site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यवसायी धम्क्याउन प्रसाईंले हरिचन्द्रलाई दिएका थिए 'सुपारी' !
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले साइबर कसुरमा पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई संगठित अपराध मुद्दामा पनि अनुसन्धान थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबारदेखि प्रसाईंमाथि संगठित अपराध कसुरमा अनुसन्धान थालेको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

भारतीय आपराधिक समूह लरेन्स बिश्नोईको नामबाट नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुयाँलसँग प्रसाईंको कनेक्सन देखिएपछि सीआईबीले उनीमाथि संगठित अपराध मुद्दामा अनुसन्धान थालेको हो ।

प्रसाईंले व्यवसायीलाई धम्काउन फुयाँललाई 'सुपारी' दिएको पनि खुलेको एसपी बोगटीले बताए । ‘‘प्रसाईं र फुयाँलबीच वाट्सएपमार्फत कुरा हुने गरेको देखिएको छ । भारतमा बस्दै आएका फुयाँललाई व्यवसायी धम्क्याउन आठ लाख दिन्छु भनेको पनि देखिएको छ,’’ एसपी बोगटीले भने,‘‘त्यसमध्ये पाँच लाख रुपैयाँ फुयाँललाई दिन अर्को व्यक्तिको नाममा जम्मा गरेको देखिएको छ ।’’

यद्यपि, फुयाँलले भने आफूले पाँच लाख समेत नपाएको बयान प्रहरीलाई दिएका छन् । फुयाँललाई प्रहरीको विशेष ब्युरोको टोलीले मंसिर १४ गते भारतबाट नै पक्राउ गरेर नेपाल ल्याएको थियो । उनीमाथि सीआईबीले नै अनुसन्धान जारी राखेको छ ।

प्रसाईंलाई भने सीआईबीले मंसिर ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाकोे टेलिकम कम्पनीमा ३२ अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरेको भन्दै विवरण सार्वजनिक गरेपछि पक्राउ गरेको थियो ।

झापाको मेचीनगर नगरपालिका–१३, चारआलीका ३६ वर्षीय फुयाँल आपराधिक पृष्ठभूमिकै युवा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोन तथा मेसेजमार्फत धम्की दिने गरेका थिए । पछिल्लो समय विभिन्न बैंकका कर्मचारी तथा व्यवसायीलाई फोन गरेर दुर्गा प्रसाईंसँग माफी माग्न समेत उनले चेतावनी दिँदै आएका थिए ।

व्यवसायीलाई आतंकित पारेर आपराधिक लाभ लिन खोजेको खुलेपछि फुयाँल र प्रसाईंविरुद्ध आपराधिक लाभ तथा संगठित कसुरमा अनुसन्धान थालिएको हो । फुयाँलबाहेक अन्य केही व्यक्तिको भूमिका समेत शंकास्पद देखिएको सीआईबीले जनाएको छ ।

त्यसबाहेक प्रसाईंविरुद्ध साइबर अपराध कसुरमा समेत साइबर ब्युरोको टोलीले छुट्टै अनुसन्धान जारी राखेको छ । प्रहरीले प्रसाईंको मोबाइल र ल्यापटपको डिजिटल फरेन्सिक परीक्षणका लागि प्रहरी प्रधान कार्यालय पठाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro