site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्मचारीले प्रधानमन्त्रीको निर्देशन नै टेर्दैनन्, अख्तियारले भनेको १० मिनेटमा मान्छन् : रामहरि खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रधानमन्त्रीको निर्देशन कर्मचारीले नटेर्ने प्रवृत्ति विकास भएको बताएका छन् । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा सभापति खतिवडाले मुख्यसचिवले कर्मचारीलाई दिएको निर्देशन पालना नहुने गरेको बताए ।

उनले सरकार र मुख्यसचिवले भनेको नमान्ने तर अख्तियारले भन्दा १० मिनेटमा काम गर्ने प्रचलन कर्मचारीतन्त्रमा हाबी भएको बताए । उनले अख्तियारसँग डन्डा, कानुन र हत्कडी लगाउने क्षमता भए पनि सहीरूपमा प्रयोग हुनुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"अख्तियारमा प्रधानमन्त्रीले भनेको कुरा नहुने तर अख्तियारले भनेको मात्रै काम हुने पद्धतिको विकास भयो भने सरकार कहाँ जान्छ त्यो विषयमा कर्मचारीहरूले ध्यान दिनू । मुख्यसचिवले कर्मचारीहरूलाई एउटा निर्देशन दिँदा निर्देशन पालना गर्न अन्कनाउनुहुन्छ । अख्तियारले भन्यो भने १० मिनेटमा काम सक्नुहुन्छ । किनभने अख्तियारमा डन्डा, कानून र हत्कडी लगाउने क्षमता पनि छ । त्यो सहीरूपमा प्रयोग हुनुपर्छ भन्ने हाम्रो चाहना छ," उनले भने ।

खतिवडाले समितिले बेनामीमा भ्रष्टचारको मुद्दा दर्ता गर्न नपाउने व्यवस्था राख्ने गरी कानून बनाउन लागेको पनि बताए । उनले बजेट छुट्याउँदैमा मानिस जेल जानुपरे विकास निर्माणका कामहरू अगाडि बढ्न नसक्ने बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्