काठमाडौं । लक्ष्मी सन्राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ । बैंकको न्युरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको–९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको हो ।
स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकले न्युरोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्वतर्फ)मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।
स्थानान्तरण भएसँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्नेछ ।
हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२५ एटीएम, २६ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट छन् ।