site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिमविरुद्ध चितवन ब्याटिङमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर चितवनका कप्तान कुशल मल्लले ब्याटिङ रोज्दै सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दिएका हुन् । 

प्रतियोगितामा सुदूरपश्चिम आज चौथो जितको लक्ष्यमा छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सविरुद्ध ९० रन, काठमाडौं गुर्खाजविरुद्ध ७३ रन र लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको थियो । 

यता, चिवतन भने तेस्रो जितको खोजीमा छ । चितवनले यसअघि पहिलो र दोस्रो खेलमा क्रमशः काठमाडौंविरुद्ध पाँच विकेट र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने चितवनले कर्णाली याक्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro