site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेलाई म्याद थपका निम्ति अदालत लगियो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार पुनः कास्की जिल्ला अदालतमा पेस गरिएको छ । सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति छैटौँपटक म्याद थप गर्न उनलाई अदालतमा पेस गरिएको हो ।

उनीमाथि अनुसन्धानका निम्ति पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपिएको थियो । त्यो अवधि आज सकिँदै छ ।

Dabur Nepal
NIC Asia

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका क्रममा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछाने गएको कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा छन् । काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो ।

उनलाई कास्की पुर्‍याइएपछि त्यहाँबाटै बयानका निम्ति कात्तिक अन्तिम साता रुपन्देही लगिएको थियो । त्यसपछि काठमाडौं ल्याइयो । काठमाडौंबाट चितवन लगिएको थियो । गएको बुधबार लामिछानेलाई चितवनमा बयान सकिएपछि मध्यरातमा पोखरा फर्काइएको थियो । पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro