site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएल : पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदै छन् ।

आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स मैदानमा उत्रनेछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान  ९ बजे सुरू हुनेछ । जारी एनपीएलमा दुवै टिमको चौथो खेल हो । लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ ।

दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान १ः१५ बजे सुरू हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी एनपीएल पुस ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro