site stats
बाह्रखरी :: Baahrakhari
देश
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, अश्रुग्यास प्रहार
फाइल तस्बिर ।

धरान । सुनसरीको हरिनगर गाउँपालिका–४ मा टिपर गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६४३१ नम्बरको टिपरले ठक्कर दिँदा देवानगन्ज गाउँपालिका–७ का ४५ वर्षीय झलु उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।

Argakhachi Cement Island Ad

टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै शनिबार दिउँसो करिब ३ः३० बजे मृत्यु भएको उपरीक्षक तिमल्सिनाले बताए । उक्त घटनापछि स्थानीयले टिपरमा आगजनी गर्न खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको उनले जानकारी दिए ।

ठक्कर दिने गाडी र चालक इटहरी उपमहानगपालिका–१६ का ३३ वर्षीय अब्दुल रहमान अन्सारीलाई इलाका प्रहरी कार्यलय देवानगन्जले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उपरीक्षक तिमल्सिनाले बताए । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्