site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार 

काठमाडौं । सैब जैबको उत्कृष्ट ब्याटिङप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको हो । प्रतियोगितामा सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सविरुद्ध ९० र काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।

सुदूरपश्चिमविरुद्ध विवेक यादवबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य बन्न सकेन । विवेकले अविजित ७७ रन बनाए । उनले ५४ बलमा तीन चौका र सात छक्का प्रहार गरे । विवेक प्रतियोगितामा अर्धशतक बनाउने १२औँ ब्याटर बने । 

Dabur Nepal
NIC Asia

१९–५ को स्थितिबाट विवेकले सन्दीप जोरासँग छ्रैटौँ विकेटका निम्ति ३७ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । 

लुम्बिनीले ११औँ ओभरको दोस्रो ओभरमा सन्दीपलाई गुमायो । सन्दीपले २६ बलमा एक छक्कासहित २० रन थपे । दीनेश अधिकारीले १६ बलमा दुई चौकासहित १४ रन जोडे । सूर्य तामाङले लुम्बिनीको खातामा सात रन जोडे ।

सुदूरपश्चिमविरुद्ध लुम्बिनीका तीन ब्याटर ‘गोल्डेन डक’ भए । लुम्बिनीका ओपनर अर्जुन साउद, साद बिन जफर र रेमोन सिमोन्ड्स पहिलो बलमै पभेलियन फर्किएका थिए ।

त्यसअघि लुम्बिनीले ६ ओभरको खेल सकिँदासम्म ३६ रन बनाउँदा शीर्ष क्रममा पाँच ब्याटरलाई गुमाइसकेको थियो । लुम्बिनीका ओपनर अर्जुन साउद ‘गोल्डेन डक’ भए । अर्का ओपनर उन्मुक्त चन्द पनि चार रनमै पभेलियन फर्किए । यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका कप्तान रोहितकुमार पौडेलले पनि आज पाँच रनमात्रै थप्न सके । टम मुरेसले सात रन जोडे । साद बिन जफर पनि ‘गोल्डेन डक’ भए ।

लुम्बिनीविरुद्ध ब्रान्डन म्याकमुलम र सैब जैबले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेको म्याकमुलमले २१ रन खर्चिए । जैबले चार ओभरमा ३३ रन दिए । स्टक कुग्गेलेनले दुई विकेट लिए । अभिनाश बोहराको नाममा एक विकेट रह्यो ।

पहिलो इनिङः शतकबाट १० रनले चुके जैक
त्यअसघि सैब जैबको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमबाट शतक बनाउन १० रनले चुकेका सैब जैबले ९० रन बनाए । उनले ६१ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । जैबलाई १७.४ ओभरमा रेमोन सिमोन्ड्सले उन्मुक्त चन्दबाट क्याच गराए । 

जैबले अर्का ओपनर विनोद भण्डारीसँग ४९ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई बलियो सुरुआत दिलाएका थिए । यस्तै, उनले दोस्रो विकेटका निम्ति ब्रान्डन म्याकमुलमसँग ५६ रनको साझेदारी गरेका थिए ।

विनोदले सुदूरपश्चिमको खातामा १७ रन थपे । रोहितकुमार पौडेलले गरेको सातौँ ओभरको तेस्रो बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले १३ बलमा दुई चौका प्रहार गरे ।

ब्रान्डन म्याकमुलमले २० बलमा एक छक्का र एक चौकासहित २३ रन बनाए । म्याकमुलमलाई १३.४ ओभरमा विवेक यादवले साद बिन जफरबाट क्याच गराएका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरी ३९ रनमा अविजित रहे । उनले १९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । दीपेन्द्रसँगै अविजित रहेका स्कट कुग्गेलिनले ११ रन थपे ।

सुदूरपश्चिमबाट पाँचौ नम्बरमा ब्याटिङका निम्ति आएका आरिफ सेख ‘गोल्डेन डक’ भए ।

लुम्बिनीका रेमोन सिमोन्ड्सले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सिमोन्ड्सले ३२ रन खर्चिए । विवेक यादव र कप्तान रोहितकुमार पौडेलको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगितामा दुवै लुम्बिनीको भने लगातार तेस्रो हार हो । एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

लगातार तेस्रो जित निकालेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुदूरको खातामा ६ अंक छ । समान खेल खेल्दा पनि जितविहीन लुम्बिनी भने तालिकाको पुछारमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro