site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजाको मुख्य अस्पताल वरपर इजरायली हमलामा २९ जनाको मृत्यु

बेत लाहिया । गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार उत्तरी सहर बेत लाहियामा एउटा प्रमुख अस्पतालको वरपर इजरायली हमलामा २९ जनाको मृत्यु भएको बताएको छ ।

उत्तरी गाजाको अन्तिम कार्यरत स्वास्थ्य केन्द्रहरू मध्ये एक कमाल अदवान अस्पताल बिहान धेरै आक्रमणको चपेटामा परेको एजेन्सी र अस्पताल निर्देशकले बताए ।

“अस्पतालको उत्तरी र पश्चिमी भागमा तीव्र र प्रत्यक्ष गोलीबारीसँगै श्रृंखलाबद्ध हवाई आक्रमण भएको थियो, आक्रमणमा चार कर्मचारीको मृत्यु भयो,” अस्पताल निर्देशक होसम अबु सफिहले भने ।

नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने, “कमाल अदवान अस्पताल वरिपरि इजरायली गोलीबारीका कारण शुक्रबार बिहानदेखि कम्तीमा २९ जनाको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन् ।”

इजरायली सेनाले अझैसम्म हमलाहरूबारे एएफपीको टिप्पणी अनुरोधको जवाफ दिएको छैन ।

इजरायली सेनाले अस्पतालमा प्रवेश गरी बिरामीहरूलाई निष्कासन गरी केही प्यालेस्टिनीलाई पक्राउ गरेको बासलले बताए ।

अबु साफिहले पछिल्लो आक्रमणपछि अब अस्पतालमा कुनै शल्यचिकित्सक बाँकी नभएको बताए ।

बेत लाहिया विगत दुई महिनादेखि तीव्र इजरायली सैन्य अपरेशनको स्थल भएको छ र यो हालैका दिनहरूमा फेरि बढेको छ । बम विस्फोटका बीच हजारौँलाई भाग्न बाध्य पारेको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

इजरायली सेनाले करिब १४ महिनाअघि युद्ध सुरु भएदेखि कमाल अदवान अस्पतालमा पटक–पटक आक्रमण गरेको छ । अस्पतालले आफ्नो सघन उपचार एकाइका निर्देशक अहमद अल–काहलुतको पछिल्लो महिनाको हवाई आक्रमणमा मृत्यु भएको बताएको छ ।

संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ६० दिनमा पहिलोपटक आपत्कालीन चिकित्सा टोली अस्पतालमा पुगेको बताएको केही दिनपछि पछिल्लो आक्रमण भएको हो ।

टोलीका शल्यचिकित्सक डा. फराडिना सुलिस्तियानीले गाजा सहरबाट उनको टोलीका सबै सातजना सदस्य बम विस्फोट हुँदा हिँडेर परिसरबाट निस्किएको बताए । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro