site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बुद्ध एयरले थप्यो १९औँ एटीआर विमान

काठमाडौं । निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९औँ एटीआर विमान भित्र्याएको छ । नयाँ एटीआर–७२ विमान थपेसँगै कम्पनीसँग एटीआर–७२ सिरिजका विमानको संख्या १६ पुगेको छ । नयाँ विमानको आवश्यक कागजी प्रक्रिया पुर्‍याई डिसेम्बर महिनाको अन्त्यबाट व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरले कल साईन नाईन एन–एओजी विमान फ्रान्सको एटीआर कम्पनी, तुलुसबाट खरिद गरेर ल्याएको जनाएको छ । हाल सो कम्पनीसँग तीन वटा एटीआर–४२–३२० र १६ वटा एटीआर–७२–५०० जहाज रहेका छन् ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप नयाँ विमान थप गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

बुद्ध एयरले आन्तरिकतर्फ हाल दैनिक १४० भन्दा बढी उडान भरिरहेको जनाएको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro