site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीविरुद्ध पावर प्लेमा पोखराको उत्कृष्ट सुरुआत 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले पावर प्लेमा उत्कृष्ट सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याइरहेको पोखराले ६ ओभरको खेल सकिँदा विकेट नगुमाई ८० रन बनाएको छ । जारी एनपीएलको पावर प्लेमा कुनै पनि टिमले बनाएको यो अहिलेसम्मको ठूलो स्कोर हो ।

पोखराबाट हाल क्रिजमा रहेका आन्द्रियास गौस र दीनेश खरेल क्रमशः ४६ र २६ रनमा खेलिरहेका छन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७० रनको योगफल खडा गरेको थियो ।

लुम्बिनी र पोखरा आज पहिलो जितको खोजीमा छन् । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । यता, पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro