site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहितले बनाए अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको लुम्बिनीबाट ३३ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले सात चौका र एक छक्का प्रहार गरे । जारी एनपीएलमा यो १०औँ अर्धशतक हो ।

जारी खेलको १२ ओभर सकिँदा लुम्बिनीले तीन विकेट गुमाएर ८६ रन बनाएको छ । हाल क्रिजमा रोहितसँगै रहेका टम मोरिस १४ रनमा खेलिरहेका छन् ।

लुम्बिनी र पोखरा आज पहिलो जितको खोजीमा छन् । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । यता, पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro