प्रविधि
काठमाडौं । भारतको अन्तरिक्ष एजेन्सी, भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले बिहीबार युरोपेली अन्तरीक्ष एजेन्सीको प्रोबा–३ उपग्रहहरू बोक्ने पीएसएलभी—सि ५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रमा रहेको सतिश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो । पीएसएलभी रकेटमा रहेको प्रोबा–३ मिसनका दुई उपग्रह प्रक्षेपणको केही मिनेटपछि सफलतापूर्वक अलग भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ १०:५१
प्रतिक्रिया दिनुहोस्