site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाइडबडी प्रकरणबाट तत्कालीन मन्त्रीलाई यो कारण देखाएर सफाइ दियो अदालतले

काठमाडौं । वाइडबडी विमान खरिदमा भ्रष्टाचार प्रकरणमा मुछिएका नेपाली कांग्रसका नेतासमेत रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन् ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासले नीसहितलाई सफाइ दिएको हो ।

विशेषले नेपाल वायु सेवा निगमबाट हुने विमान खरिदबापतको रकममध्ये 'कमिटमेन्ट शुल्क' भुक्तानी गर्न अमेरिकी डलर सटहीका लागि 'मन्त्रीको हैसियतमा सिफारिसको टिप्पणी सदर गरेको मात्र कार्यले उनको बदनीयतपूर्ण संलग्नता रहेको भन्न नमिल्ने' ठहर गरेको छ ।

"तसर्थ, निज प्रतिवादी जीवनबहादुर शाहीविरुद्धको आरोप दाबी प्रमाणबाट पुष्टि हुन नआएकाले निजले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ," फैसलामा भनिएको छ ।

शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन् । मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका थिए ।

जीवनबहादुर शाहीबारे के छ फैसलामा ?

सर्वप्रथम प्रतिवादी जीवन वहादुर शाहीका हकमा विचार गर्दा निज तत्कालीन सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री पदमा कार्यरत रहँदा नियमानुसारको बैंक जमानत / सुरक्षण बिना नै Commitment Fee भुक्तानीको लागि डलर सटही सुविधाको सिफारिस गरेको; कानुन विपरीतको MoU लाई वैधानिकता प्रदान गरेको, निजबाट भएको निर्णयले निजको उत्तराधिकारीको रुपमा आउने पदाधिकारी वा निकायले MoU बदर गर्दा निगमले Commitment Fee पनि गुमाउनुपर्ने र विमान पनि प्राप्त नहुने जस्ता दोहोरो जोखिममा पार्ने अवस्था सिर्जना गरे गराएको भनी कसूरमा संलग्न भएको भन्ने दावी रहेको देखिन्छ । मिसिल सामेल कागजात अध्ययन गर्दा निज निगम सम्वन्धित मन्त्री (Line Minister) भएको सम्म देखिन्छ । नेपाल वायु सेवा निगम ऐन २०१९ मा विषय विषयमा नेपाल सरकारलाई जिम्मेवारी दिईएको भएपनि मन्त्रीलाई त्यस्तो कुनै छुट्टै जिम्मेवारी दिईएको पाईंदैन । विशेषतः निगमको कुनै पनि खरिद प्रक्रियामा कुनै प्रकारको जिम्मेवारी तोकिएको देखिंदैन ।
दुई वटा वाइड बडी खरिद प्रक्रियामा MoU भईसकेपछि मात्र आपूर्तिकर्तालाई विमान खरीदको
सुनिश्चितताको लागि पठाईने Commitment Fee अमेरिकी डलरमा भुक्तानी गर्नु पर्ने भएकाले सटही गर्न सम्बन्धित मन्त्रालय, अर्थ मन्त्रालय हुँदै राष्ट्र बैङ्कमा सिफारिस गर्ने प्रयोजनको लागि तह तह टिप्पणी उठी सचिव मार्फत पेश भएकोमा सदर सम्म गरेको देखिन्छ । सटही सुविधाको सिफारिसको पत्र पठाउंदा यो खरिद प्रक्रियाको कागजात निज समक्ष पेश भएको भन्ने वादीको दाबी नरहेको तथा वहसको क्रममा देखाउन सकिएको अवस्था पनि छैन । यस अवस्थामा निगमका तर्फबाट हुने विमान खरिद वापतको रकममध्ये Commitment Fee भुक्तानी गर्न अमेरिकी डलर सटहीका लागि सम्वन्धितं मन्त्रीको हैसियतमा सिफारिसको टिप्पणी सदर गरेको मात्र कार्यमा निजको वदनियतपूर्ण संलग्नता रहेको भन्न मिलेन । तसर्थ निज प्रतिवादी जीवन बहादुर शाही विरुद्धको आरोप दावी प्रमाणबाट पुष्टि हुन नआएकोले निजले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  २३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro