
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले बजेट बाँडफाँडमा मन्त्रीहरूलाई आफ्नो निर्वाचन क्षेत्रकेन्द्रित नहुन आग्रह गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले देशका मन्त्रीलाई ‘निर्वाचन क्षेत्रको मन्त्री बन्ने भए चुनाव लडेर मेयर बन्नू’ भन्दै कटाक्ष गरे ।
“मन्त्रीहरू देशका मन्त्री बनून् । मन्त्रीहरू आफ्नो क्षेत्रको मन्त्री बन्दा दुर्भाग्यपूर्ण हुन्छ । क्षेत्रकै मन्त्री बन्नु छ भने स्थानीय तहको चुनाव लडेर मेयर बन्दा हुन्छ,” उनले भने ।
उनले बजेट नेताको पहुँचभन्दा आवश्यकताका आधारमा ल्याउनुपर्ने बताए । अर्थतन्त्रमा देखिएका समस्या चिर्ने बजेट ल्याउन उनले अर्थमन्त्रीलाई आग्रह गरे ।
बजेट अधिवेशनबाट शिक्षा र निजामती विधेयक पारित गर्न पनि उनले आग्रह गरे ।