site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भाटभटेनी लुटपाटमा लिङदेनले संलग्न देखेका कांग्रेस सहमहामन्त्रीका छोरा को हुन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादी आन्दोलन भड्किएपछि गत चैत १५ मा भएको भाटभटेनी लुटपाटमा नेपाली कांग्रेस सहमहामन्त्रीका छोरा संलग्न रहेको दाबी गरेका छन् । 

संसद्को पहिलो बैठकमा लिङदेनले रवीन्द्र मिश्रलाई रिहा गर्न र न्यायिक आयोग गठन गर्न माग गर्दै अन्यथा उक्त कुराको रेकर्ड आफूहरूसँग रहेकाले बाहिर ल्याउने भन्दै धम्की दिएका हुन् ।

“रवीन्द्र मिश्रसहितका मान्छेहरूलाई छोड्नुस् र निष्पक्ष आयोग गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुस्,” लिङदेनले भने, “हामीसँग त रेकर्ड छ, गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा परेको थियो । किन छोड्नुभयो तुरुन्त ?”

उनले सहमहामन्त्रीको छोराले रक्सी लगेको र ऊसँगै गएको साथीले रक्सी नखाने भनेर कपडा लिएर गएको उनको आरोप छ । 

“तपाईंको नेताको छोराले रक्सी लिएर गयो । उसले सँगै लिएर आएको मान्छेले म रक्सी खान्न, कपडा काम लाग्छ भनेर कपडा लिएर गयो,” लिङदेनले भने, “तपाईंको पुलिसले भिडियोमा हेरेर पक्रियो । पछि थाहा भयो, नेताको छोरा रहेछ । नेताको छोरालाई छोड्नुभो । उसले सँगै ल्याएको मान्छे छुटेन । पछि यो कुरा सार्वजनिक गर्दिन्छु भनेर धम्क्याएपछि दुई घण्टाभित्र छुट्यो ।” 

उनले त्यसरी लुट्न जाने व्यक्तिका बाबु कांग्रेसको सहमहामन्त्री बताए पनि नाम भने खुलाएका छैनन् । 

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले भने लुटपाट र चोरीमा संलग्न मध्येका २१ जना पक्राउपछि रिहा भएको जानकारी दिए । 

उनीहरूको अपराध सामान्य भएका कारण हाजिर जमानीमा छोडिएको भन्दै मुद्दाबाटै उन्मुक्ति भने नपाउने बताए । 
“तर, हाम्रो रेकर्डमा कुनै नेताको छोरा परेको भन्ने छैन,” एसएसपी अधिकारीले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro