site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षामन्त्रीले भने : निकास निकाल्न मन्त्रालय तयार छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा बोलाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गरेर उनले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् । 

सामुदायिक विद्यालयका शिक्षक तथा कमर्चारीको मागप्रति ध्यानाकर्षण भएको उनले बताएका छन् । शिक्षकहरूको हकहित प्रवर्द्धन गर्न उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील रहेको उनले उल्लेख गरेका छन् । 

Argakhachi Cement Island Ad

शिक्षक प्रतिनिधिसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएको भन्दै उनले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वाभाविकै भएको बताएका छन् । 

“विधेयक संसद्मा पेस हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवं कानुनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदै छ,” उनले विज्ञप्तिमा भनेका छन्, “तसर्थ, शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु ।”

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्