
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले अहिलेकै अवस्थामा निगम चलाउन नसकिने बताए ।
उनले निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बढ्न बताए ।
उनले निगमको आम्दानीको मेरुदण्डको रूपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्धता व्यक्त गरे । उनले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्नसमेत निगमलाई आग्रह गरे ।
निगमलाई घाटा लगाउने चिनियाँ जहाजको व्यवस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उनको भनाइ छ ।