कला

काठमाडौं । चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ माघ ११ गते रिलिज हुने भएको छ । निर्माण पक्षले चलचित्र प्रमुख पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठ एकअर्कामा अडिएर उभिएको तस्बिर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको हो ।
चलचित्रमा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । चलचित्रमा कथा पनि दीपेन्द्र स्वयंले लेखेका छन् ।
चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डललगायतको अभिनय छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ ११:४६
प्रतिक्रिया दिनुहोस्