site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्प किन चलचित्रमा कर लगाउँदै छन् ? यस्तो छ कारण 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चलचित्रमा नयाँ करको दर लगाउने भएका छन् । ट्रम्पले अब अमेरिकामा नबनेका चलचित्रमा शतप्रतिशत कर लगाउने तयारी गरेका छन् ।

अमेरिकामा नबन्ने हलिउड फिल्मलाई शतप्रतिशत कर लगाउने भएका हुन् । हलिउड फिल्म अमेरिकामा नबनेर युरोप तथा अन्य देशमा बन्न थालेपछि अमेरिकाले त्यस्ता सिनेमामा कर लगाउने तयारी गरेका हुन् । 

यो प्रवृत्ति अमेरिकाका लागि घातक भएको उनले बताएका छन् । युरोपलगायत विश्वका अन्य देशमा त्यहाँका सरकारले आफ्नो मुलुकमा छायांकन हुने चलचित्रलाई ठूलो परिमाणमा आर्थिक सहयोग गर्ने गरेका छन् । जसका कारण हलिउड फिल्म मेकरहरू युरोपलगायत देशमा चलचित्र छायांकनमा जान थालेका छन् । 

आर्थिक सहयोग गर्ने भएकै कारण नेपाली सिनेमा समेत युरोपमा छायांकन हुने गरेका छन् । 

यसबाहेक भीएफएक्सलगायत अन्य टेक्निकल काम पनि अमेरिकामा भन्दा बाहिर सस्तो पर्ने भएपछि मेकरहरूले देशबाहिर काम गराउन थालेका छन् । अमेरिकाले वार्षिक ठूलो रकम विदेश गइरहेको निष्कर्ष निकाल्दै त्यस्ता चलचित्रलाई शतप्रतिशत कर लगाउने निर्णय गरेको हो । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro