site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१३ रुपैयाँमा नै एनसेलको अनलिमिटेड यूट्युब, नाइट डेटालगायतका सेवाहरु उपलब्ध

काठमाडौं ।  एनसेलका ग्राहकहरुले न्युनतम कर सहित दैनिक रु १३ रुपैयाँमा महिनाभरका लागि अनलिमिटेड यूट्युब, अनलिमिटेड नाइट डेटासहित अन्य विभिन्न दूरसञ्चार सेवाहरु लिन सक्छन् ।  कम्पनीले आफ्ना प्रिपेड ग्राहकहरुलाई लक्षित गरि संचालन गरिरेहको सधैं अन रिन्युअल प्याक सेवा अन्तर्गत यी सुविधाहरु उपलब्ध रहेका छन् ।

अहिले रिन्यूअल अर्थात प्रत्येक महिना आफै नविकरण हुने प्याकहरुमा ग्राहकहरुको आकर्षण बढि रहेको एनसेलले जनाएको छ ।  सधैं अन रिन्यूअलमा ग्राहकहरुले आफ्नो सेवा र बजेट अनुसार रु। ३९९ देखि रु। १,४९९ सम्मका मासिक प्याकहरू लिन सक्ने एनसेलले बताएको छ ।

रु ३९९ अर्थात दैनिक रु १३ को खर्चमा ग्राहकले ३० दिनसम्म प्रयोग गर्न मिल्ने अन लिमिटेड यूट्युब, अन लिमिटेड नाइट डाटा (राति ११ बजेदेखि अर्को दिन बिहान ७ बजेसम्म चलाउन मिल्ने), प्याकमा आउने १६ जीबी डाटा, ३९९ मिनेट अल नेपाल कल अर्थात एनसेल वा नेपाल टेलिकम नम्बरमा कल गर्न सकिने सुविधा र ३९ वटा अल नेपाल एसएमएस लगायतका सेवाहरु पाउँछन् । 

दूरसञ्चार सेवाहरुमा सहज, सुलभ प्याकहरुका साथ सेवा प्रदान गर्ने उदेश्यसहित कम्पनीले नयाँ प्रिपेड सेवा रिन्यूअल प्याकहरु सञ्चालनमा ल्याईएको हो । रिन्यूअल प्याकहरुमार्फत ग्राहकहरुले बिना कुनै बाधा ३० दिनका लागि आफ्नो खर्च गर्न सक्ने क्षमता अनुसार विभिन्न अनलिमिटेड सेवाहरुसहित भ्वाइस, डेटा, एसएमएस बन्डल दूरसञ्चार सेवाहरु पाउँछन् । 

उदाहरणका लागि ग्राहकले कर सहित दैनिक रु २० अर्थात् महिनाको रु ५९९ मा अन लिमिटेड यूट्युव, अन लिमिटेड नाइट टाइम, ४० जीबी डाटा, ५९९ मिनेट अल नेपाल कल टक टाइम र ५९ वटा अल नेपाल एसएमएस पाउँछन् ।

प्याकको विशेषता भनेको झन्झट रहित अनलिमिटेड मोबाइल सेवा, यूट्युबमा अनलिमिटेड पहुँच पाइन्छ र अनलिमिटेड नाइट डाटाका साथै छुट्टै डाटा भोल्युम पनि रहेको छ । केही गरि प्याक अन्तर्गतका सेवाहरु ३० दिन अगावै सकिएको खण्डमा ग्राहकहरुले महिनाको बाँकी समयमा चलाउन मिल्ने अन्य प्याकहरु खरिद गर्न सकिने व्यवस्था रहेको एनसेलले बताएको छ ।

“एक पटक लिए पछि ढुक्क भईन्छ, जहाँ पनि चलाउन पाइन्छ । वाईफाई खोज्न परेन खासमा त्यही हो मलाई मनपर्ने । यसमा चलाउन बाँकी भएको सेवाहरु अर्को महिना थपिएर आउँछ र डाटालाई भ्वाइस अनि भ्याइसलाई डाटामा परिर्वतन गर्न सकिने जस्तो सुविधा पनि छ जुन एकदमै राम्रो र नौलो खालको छ । मलाई भ्वाइस भन्दा डाटा धेरै चाहिन्छ,” च्यासल, ललितपुरका विकास व्यञ्जनकारले भने ।

डाटा सेवा आजका आजका आम उपभोक्ताका लागि आधारभुत आवश्यकता भईरहेको छ । कर्मचारी, गृहिनी, व्यावसायी, विद्यार्थी, इनड्राइभ वा पठाओ रिइडर जो सुकैलाई हातहातमा पुगेको मोबाइलमा इन्टरनेटको आवश्यकता बढ्दो क्रममा रहेको छ । सुरक्षित अनलाइन कारोबारका लागि पनि मोबाइल इन्टरनेट त झनै सुरक्षित मानिन्छ ।  

फोनमार्फत भिडियो स्ट्रिमिङ, टिकटकलगायतका सोसल मिडिया होस् वा एसएमएस सेवाका लागि होस् वा कार्यलयको कामका लागि होस्, ग्राहकहरुले सस्तो शुल्कमा पुरा महिना डिजिटल अनुभव लिएर सधैं अनलाइन रहन यी प्याकहरुले मद्दत गर्दछ । यी प्याकहरूलाई सजिलै एनसेल एपमार्फत वा *१२३*९# गरेर, वा नजिकको आधिकारिक एनसेलबाट लिन सक्छन् । 

यी प्याकहरु हरेक महिना ३० दिनमा आफै नविकरण हुन भएकाले पुरै हरेक महिना निश्चिन्त भएर सेवा पहुँचबाट फाइदा लिन सकिन्छ । यसमा साधारण सधैं अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढिको समयावधि हुन्छ ।

एनसेलका अनुसार रिन्यूअल प्याकको उद्देश्य नेपाली ग्राहकहरूलाई तुलनात्मक रुपमा महंगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने साना प्याकहरु प्रतिको निर्भरता हटाएर मुक्त गराई सधैं अन अर्थात जहाँ भएपनि इन्टरनेटमा कनेक्टेड रहन सक्षम बनाउनु रहेको छ । केही प्याकहरुमा ग्राहकहरुले एनसेल वा नेपाल टेलिकमको कुनैपनि नम्बरहरुमा अनलिमिटेड कुरा गर्न सकिने सुविधा पनि प्रदान गर्दै आएको छ ।

एनसेलले प्याक नवीकरण अर्थात रिन्यूअलमा अफ्ठ्यारो अवस्थाको सिर्जना नहोस् भनेर रिन्यूअलको समय, मितिबारे अग्रिम जानकारी गराउने गरेको छ । साथै, ग्राहकलाई नवीकरण हुने सेवा नचाहेमा रोक्न पनि सक्छन् जसका लागि ग्राहकले *९००५# डायल गर्न सक्छन् वा एनसेल एपमार्फत रिन्यूअल प्याक डिएक्टिभेट अर्थात निष्कृय गर्न सक्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro