site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘जार’लाई कर छुट दिन सरकारसँग भट्टराईको आग्रह 

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको चलचित्र ‘जार’लाई राज्यले कर छुट दिनुपर्ने बताएका छन् । 

नेपालको इतिहास बुझ्न सहयोग गर्ने भन्दै ‘जार’लाई कर छुट गर्नुपर्ने बताए । दुई सय वर्ष पुरानो परिवेशको चलचित्र ‘जार’ पूर्ण मौलिक चलचित्र बनेको उनको भनाइ छ । 

उनले त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न पनि अहिलेको पुस्ताले यो चलचित्र हेर्नुपर्ने बताए । 

“पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ । नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि चलचित्र जार हेर्नुपर्छ,” उनले भने । 

गायिका एवं संगीतकार झुमा लिम्बूको गीतसंगीतको डा. भट्टराईले खुलेर प्रशंसा गरे । 

अभिनेत्री मनिषा कोइरालाले पनि ‘जार’ नेपाली चलचित्रको बढ्दो स्तरको प्रमाण भएको बताइन् । “हामीले पछिल्लो समय उत्कृष्ट चलचित्र दिएका छौँ । ‘जार’ त्यसैको निरन्तरता हो,” उनले भनिन्, “यसले हाम्रो इतिहास र साहित्यलाई चलचित्रको माध्यमबाट जिवन्त बनाएको छ । प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ ।”

अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली चलचित्रको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताए । 

चलचित्र ‘जार’ यही वैशाख २६ गते शुक्रबारदेखि प्रदर्शन हुँदै छ । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro