site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अपडेट : भारतीय आक्रमणमा आठ पाकिस्तानी नागरिकको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भारतले मंगलबार मध्यरातमा गरेको हवाई आक्रमणबाट पाकिस्तानमा आठ जनाको मृत्यु भएको छ । पाकिस्तान आर्मी इन्टर–सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्थाहरुले हालसम्म आठ जनाको मृत्यु र ३५ जना घाइते भएको जनाएका छन् । 

मंगलबार राति भारतले पाकिस्तानले पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको जनाएको छ ।

भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०५:२९
प्रतिक्रिया दिनुहोस्