site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बलिङमा चुक्यौँ, लोकेश र बसिरले राम्रो ब्याटिङ गरे : लुम्बिनीका कप्तान रोहित 

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले आफ्नो बलिङ युनिट चुकेसँगै लोकेश बम र बसिर अहमदबीचको साझेदारी नै हारको पक्ष रहेको बताएका छन् । 

विराटनगर किंग्ससँगको हारपछि लुम्बिनीका कप्तान रोहितले आफ्नो बलरको राम्रो प्रदर्शन हुन नसक्नुको साथै लोकेश र बसिरको उत्कृष्ट ब्याटिङ पनि हारको महत्त्वपूर्ण पक्ष रहेको उल्लेख गरे । रोहितले बेन कटिङले बलिङ नगर्ने भनेपछि उनलाई अवसर नदिइएको बताए ।

साथै दुर्गेश र सिमोन्ड्सले राम्रो बलिङ गरेको रोहितको भनाइ छ । उनले बसिर र लोकेशबीचको साझेदारीले खेल टाढा लगेको उल्लेख गरे । रोहितले बलिङ युनिट कमजोरी देखिए पनि आगामी खेलमा सुधार हुने आशा गरे । 

विराटनगरका ओपनर लोकेशले आज खेल जिताउँछु भन्ने आत्मविश्वासका साथ आएको र सोहीअनुरूपमा खेल्न सकेको पनि बताए । उनले अघिल्ला दुई खेलमा राम्रो गर्न नसकेको हुँदा आज राम्रो गर्नुपर्छ भन्ने लक्ष्यसहित आएको पनि बताए । 

उनले सोहीअनुरूप सुरुदेखि नै राम्रो सुरुवात दिलाएको बताए । आकिब इलियासले आफ्नो स्ट्रेन्थअनुरूप खेल्न सुझाव दिएको र सोहीअनुरूप आफूले प्रयास गरेको लोकेशको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro