site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एडीबी–नेपाल सहकार्यका पाँच दशकबारे फोटो प्रदर्शनी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकासमा (एसियाली विकास बैंक) एडीबी र नेपाल सरकारबीच सहकार्य पाँच दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबी नेपालका निर्देशक आर्नोड कोस्वा, नर्वेली राजदूतावासकी मिसन उपप्रमुख क्रिस्टिन हेग स्टोरहोल्टले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

received_1093655035470399-1733306291.jpeg
फोटोपत्रकार क्लब, नेपालको सहकार्यमा आयोजित फोटो प्रदर्शनी मंसिर २४ गतेसम्म चल्ने छ । फोटो प्रदर्शनीमा नेपाल सरकार र एडीबीबीच ५० वर्षमा भएको सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासहरूलाई दृश्यमार्फत प्रस्तुत गरिएको आयोजकले जनाएको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा राज्यमन्त्री तामाङले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पु¥याएकोमा एडीबीलाई धन्यवाद दिए । 

त्यस्तै, एडीबी नेपालका निर्देशक कोस्वाले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा निरन्तर साथ रहने बताए । त्यस्तै, उनले न्यून विद्युतीकरण भएको नेपाल हाल ऊर्जा निर्यात गर्ने मुलुकका रूपमा समेत पुगेको उनले बताए ।

फोटो प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड द मिटर’ गरी चार भागमा विभाजन गरिएको छ ।

received_3143030505837952-1733306318.jpeg

received_1642643083341023-1733306291.jpeg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro