site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनीबाट एनपीएल खेल्न नेपाल आइपुगे उन्मुक्त चन्द

काठमाडौं । पूर्वभारतीय यू–१९ कप्तान उन्मुक्त चन्द नेपाल आइपुगेका छन् । चन्द लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका हुन् । चन्दको आगमनले लुम्बिनी लायन्सलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास क्लबले लिएको छ । 

उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा सन् २०१२ मा यु –१९ विश्वकप जिताएका थिए । उक्त फाइनल खेलमा उनले शतक समेत प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए । 

Dabur Nepal
NIC Asia

उनले दिल्ली डेयरडेभिल्स र मुम्बई  इन्डियन्सजस्ता ठूला फ्रेन्चाइजहरूका लागि आईपीएलमा प्रतिस्पर्धा गरिसकेका छन् । हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

उन्मुक्त चन्दले ६७ फर्स्ट क्लास खेलहरूमा तीन हजार ३७९ रन बनाएका छन् । जसमा उनको ८ शतक पनि समावेश रहेका छन् । साथै लिस्ट एक्रिकेटमा उनले चार हजार ५०५ रन बनाएका छन् । यसमा ७ शतक समेत समावेश छन् । टी–२० मा पनि उनको कीर्तिमान प्रभावशाली छ, जहाँ उनले ८४ खेलमा १५६५ रन बनाएका छन् । 

लुम्बिनी लायन्सको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल रहेका छन् । प्रमुख प्रशिक्षकमा नन्दन फदनिस छन् । लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल मंसिर १९ गते विराटनगर किंग्सविरुद्ध खेल्नेछ । चन्दजस्ता स्टार खेलाडीको आगमनले लिगको स्तरलाई अझ उचाइमा पुर्याउने विश्वास लुम्बिनी लायन्सको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro