site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गार्डियन माइक्रोलाइफको आईपीओ खुला 

काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका निम्ति आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका निम्ति आवेदन दिनुपर्नेछ । अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले गार्डियन माइक्रोलाइफलाई आवेदन दिएको साढे दुई महिनामै आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्न गएको शुक्रबार (मंसिर ७) गते अनुमति दिएको हो ।

कम्पनीलाई चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् अंकित मूल्य १०० रुपैयाँका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको थियो ।

यो कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा १४ लाख रुपैयाँ नाफा गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro