site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अफगानिस्तानले नेपाललाई  दियो १२४ रनको लक्ष्य

काठमाडौं । यूएईमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ । दुबईको सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिले व्याटिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनको योगफल बनाएको हो ।

अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा चार चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, खातीर खानले २६ बलमा १५ जोडे । अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे ।

नेपालका लागि युनिशविक्रम सिंह ठकुरी र सन्तोष यादवले समान तीन तथा हेमन्त धामी, अभिषेक तिवारीले समान दुई विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १३१ रनले पराजित भएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro