site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल आइपुगे चर्चित अष्ट्रेलियन अलराउन्डर बेन कटिङ 

काठमाडौं । चर्चित अष्ट्रेलियन अलराउन्डर बेन कटिङ नेपाल आइपुगेका छन् । कटिङले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सबाट खेल्नेछन् । 

बलियो व्याटिङ र प्रभावकारी मिडियम पेस बलिङका लागि परिचित कटिङको अन्तर्राष्ट्रिय अनुभव र बहुमुखी क्षमताले लुम्बिनी लायन्सको टिमलाई झनै बलियो बनाउने अपेक्षा गरिएको छ ।

कटिङले आफ्नो करिअरमा विश्वभरका टी–२० लिगहरूमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र क्यारिबियन प्रिमियर लिग (सीपीएल( जस्ता ठूला फ्रेन्वाइजहरु खेलिसकेका छन् । लामो छक्का हान्ने क्षमता र चुनौतीपूर्ण अवस्थामा पनि बलिङ गर्नसक्ने खुवीका कारण उनी चर्चित छन् ।

नेपाल प्रिमियर लिगको हिस्सा हुन पाउँदा र विशेषगरी लुम्बिनी लायन्समा सामेल हुन पाउँदा उनले निकै उत्साहित भएको बताएका छन् । लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि जिताउन अर्थपूर्ण योगदान पुर्याउने लक्ष्य रहेको उनले बताए ।

आफ्नो करिअरभर बेन कटिङले आफूलाई टी–२० फर्म्याटमा एक विश्वसनीय अलराउन्डरको रूपमा स्थापित गरेका छन् । उनले १७० भन्दा बढी टी–२० खेल खेलेका छन् । जसमा दुई हजारभन्दा बढी रन बनाएका छन् । साथै बलिङतर्फ उनले १२६ विकेट लिएका छन् ।

लुम्बिनी लायन्सको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल रहेका छन् । प्रमुख प्रशिक्षकमा नन्दन फदनिस रहेका छन् । लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल मंसिर १९ गते विराटनगर किंग्ससँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro