site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी सर्‍यो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेसी आगामी चैत १८ गतेका लागि सरेको छ । सोमबार न्यायाधीश हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा हेर्न नभ्याइनेमा परेर स्थगित भएको मुद्दामा चार महिनापछिको पेसी तोकिएको हो । अघिल्लो पेसीको झन्डै ११ महिना पेसी चढेको रिट सोमबार हेर्न नभ्याइनेमा परेको थियो ।

महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरेपछि युवराज सफलले बदरको माग गर्दै २०७९ चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । यस मुद्दामा यसअघि सर्वोच्चले तीनपटक फाइल मगाउने निर्णय गरेको छ ।

Dabur Nepal
NIC Asia

०७९ चैत २२ मा न्यायाधीश फुयालको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । ०८० जेठ १ गते फुयालकै इजलासले फाइल मगाउन आदेश गरेपछि पेसी आठ महिना सरेको थियो । आठ महिनापछि हेर्न नभ्याइनेमा परेको मुद्दा फेरि झन्डै ११ महिनामा सोमबार पेसी चढेको थियो । तर, हेर्न नभ्याउनेमा परेपछि चैत १८ गतेको पेसी तोकिएको छ । 

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ०७९ चैत ६ गते  लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । रिटमा राहदानी दुरुपयोगमा लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश माग गरे पनि न्यायाधीश फुयालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । हाल लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ गरेर अनुसन्धानका लागि थुनामा छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro