site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णालीविरुद्ध कप्तान अनिलको अर्धशतकप्रेरित जनकपुरको सहज जित

काठमाडौं । ओपनर तथा कप्तान अनिल शाहको उत्कृष्ट ब्याटिङप्रेरित नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । 

प्रतियोगितामा जनकपुरको यो लगातार दोस्रो जित हो । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो ।

जनकपुरको जितमा ओपनर अनिलले ६२ रन बनाए । उनले ४२ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । अनिलले पहिलो विकेटका निम्ति अर्का ओपनर आसिफ सेखसँग ९.४ ओभरमा ८४ रनको साझेदारी गरेका थिए । यो जारी एनपीएलमा ओपनिङ जोडीले बनाएको अहिलेसम्मकै ठूलो साझेदारी हो । 

मौसम ढकालको बलमा देव खनालबाट क्याच हुनुअघि २९ बलमा दुई चौका र दुई छक्कासहित ३६ रन बनाए । लहिरु मिलान्थाले १३ बलमा दुई चौका र दुई छक्कासहित २४ रन बनाए । उनी १२.५ ओभरमा जिसान मक्सुदबाट एलबीडब्लूको धरापमा परे । 

कर्णालीका जिसान मक्सुद र मौसमले समान एक विकेट लिए । 

पहिलो इनिङः अन्तिम दुई ओभरमा सोमपाल र अर्जुनले बनाए ४३ रन 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४२ रनको योगफल खडा गर्‍यो । जनकपुरका हर्ष थाकेरले गरेको १९औँ ओभरमा अर्जुन घर्तिले दुई छक्का र दुई चौकासहित कुल २४ रन बनाए । यस्तै, २०औँ ओभरमा सोमपाल कामीले २१ रन बनाएपछि कर्णाली प्रतिस्पर्धात्मक लक्ष्यसम्म पुगेको हो ।

कर्णालीका अर्जुन घर्तीले सर्वाधिक ३३ रन बनाए । १९औँ ओभरमा २४ रन बनाएका उनले २२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । ७९–६ को कठिन स्थितिबाट अर्जुनले कप्तान सोमपालसँग ५६ रनको साझेदारी गर्दै कर्णालीको इनिङ सम्हालेका थिए । अन्तिमसम्म अविजित रहेका सोमपालले १३ बलमा तीन चौका र एक छक्कासहित २९ रन बनाए । गुल्सन झाले ३६ रन बनाए । उनले २७ बलमा एक चौका र तीन छक्का प्रहार गरे । ओपनर शिखर धवनले १४ बलमा तीन चौकासहित १४ रन थपे । बाबर हायातले १२ रन जोडे । 

पहिलो इनिङको कुनै पनि समयमा कर्णालीले साझेदारी बनाउन सकेन । जनकपुरका मोहमद मोहसिनले दुई विकेट लिए । यस्तै, किशोर महतो, ललितनारायण राजवंशी, हर्ष थाकेर र जिम्मी निसमले समान एक विकेट लिए । कर्णालीले ६ ओभरभित्र ओपनरद्वय शिखर धवन र देव खनाललाई गुमाएको थियो । 

शिखरलाई हर्ष थोकरको पाँचौँ ओभरको दोस्रो बलमा बोल्ड गरे । शिखरले टिमको खातामा १४ रन बनाए । त्यसअघि कर्णालीले दोस्रो ओभरको दोस्रो बलमा ओपनर देव खनाललाई गुमाएको थियो । जनकपुरका ललितनारायण राजवंशीबाट बोल्ड हुनुअघि देवले टिमको खातामा एक रन थपे । कर्णालीका चान्डविक वाल्टनलाई सातौँ ओभरको अन्तिम बलमा मोहमद मोहसिनले एलबीडब्लूको धरापमा पारे । यस्तै, आठौँ ओभरको चौथो बलमा जिसान मक्सुदलाई जनकपुरका जिमी निसमले एलबीडब्लूलको धरापमा पारे । कर्णालीका बाबर हायात चौधौँ ओभरको दोस्रो बलमा मोहसिनले निसमबाट क्याच गराए । 

कर्णालीबाट सबैभन्दा धेरै रन बनाएका गुल्सन झा १६औँ ओभरको दोस्रो बलमा किशोर महतोबाट बोल्ड भए । २०औँ ओभरको चौथो बलमा अर्जुन घर्ती जिम्मी निसमबाट रनआउट भए । प्रतियोगितामा कर्णालीको यो पहिलो खेल हो । 

सोमबारको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन् । दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स् भिड्दा दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोज मैदान उत्रिनेछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro