site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णालीविरुद्ध जनकपुरका कप्तान अनिलले बनाए अर्धशतक 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सबाट कप्तान अनिल शाहले अर्धशतक बनाएका छन् । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याइरहेको जनकपुरबाट अनिलले ३४ बलमा ५० रन पूरा गरे । उनले यसक्रममा ६ चौका र दुई छक्का प्रहार गरे । 

जारी प्रतियोगितामा अनिल अर्धशतक बनाउने तेस्रो ब्याटर हुन् । यसअघि विराटनगर किंग्स्का मार्टिन गप्टिल र जनकपुरका लहिरु मिलान्थाले अर्धशतक बनाएका थिए । 

निलले पहिलो विकेटका निम्ति अर्का ओपनर आसिफ सेखसँग ९.४ ओभरमा ८४ रनको साझेदारी गरेका थिए । यो जारी एनपीएलमा ओपनिङ जोडीले बनाएको अहिलेसम्मकै ठूलो साझेदारी हो । त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro