site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तिम दुई ओभरमा ४३ रन जोडेपछि कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य 

काठमाडौं । अन्तिम दुई ओभरमा कप्तान सोमपाल कामी र अर्जुन घर्तीले ४३ रन बनाएपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४२ रनको योगफल खडा गर्‍यो ।

जनकपुरका हर्ष थाकेरले गरेको १९औँ ओभरमा अर्जुन घर्तीले दुई छक्का र दुई चौकासहित कुल ३३ रन बनाए । यस्तै, २०औँ ओभरमा सोमपाल कामीले २१ रन बनाएपछि कर्णाली प्रतिस्पर्धात्मक लक्ष्यसम्म पुगेको हो । 

७९–६ को कठिन स्थितिबाट अर्जुनले कप्तान सोमपालसँग ५६ रनको साझेदारी गर्दै कर्णालीको इनिङ सम्हालेका थिए । अन्तिमसम्म अविजित रहेका सोमपालले १३ बलमा तीन चौका र एक छक्कासहित २९ रन बनाए । गुल्सन झाले ३६ रन बनाए । उनले २७ बलमा एक चौका र तीन छक्का प्रहार गरे । 

ओपनर शिखर धवनले १४ बलमा तीन चौकासहित १४ रन थपे । बाबर हायातले १२ रन जोडे । पहिलो इनिङको कुनै पनि समयमा कर्णालीले साझेदारी बनाउन सकेन । 

कर्णालीले ६ ओभरभित्र ओपनरद्वय शिखर धवन र देव खनाललाई गुमाएको थियो । शिखरलाई हर्ष थोकरको पाँचौँ ओभरको दोस्रो बलमा बोल्ड गरे । शिखरले टिमको खातामा १४ रन बनाए । त्यसअघि कर्णालीले दोस्रो ओभरको दोस्रो बलमा ओपनर देव खनाललाई गुमाएको थियो । 

जनकपुरका ललितनारायण राजवंशीबाट बोल्ड हुनुअघि देवले टिमको खातामा एक रन थपे । कर्णालीका चान्डविक वाल्टनलाई सातौँ ओभरको अन्तिम बलमा मोहमद मोहसिनले एलबीडब्लूको धरापमा पारे । यस्तै, आठौँ ओभरको चौथो बलमा जिसान मक्सुदलाई जनकपुरका जिमी निसमले एलबीडब्लूलको धरापमा पारे । 

कर्णालीका बाबर हायात चौधौँ ओभरको दोस्रो बलमा मोहसिनले निसमबाट क्याच गराए । कर्णालीबाट सबैभन्दा धेरै रन बनाएका गुल्सन झा १६औँ ओभरको दोस्रो बलमा किशोर महतोबाट बोल्ड भए । २०औँ ओभरको चौथो बलमा अर्जुन जिम्मी निसमबाट रनआउट भए । 

आजको खेलमा कर्णाली सोमपाल कामी र जनकपुर अनिल शाहको कप्तानीमा मैदान उत्रिएका छन् । प्रतियोगितामा कर्णालीको यो पहिलो खेल हो । जनकपुरले भने यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो । सोमबारको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro